२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भीमनारायण गोल्डकप शनिबारदेखि, विजेतालाई दुई लाख


0
Shares

धनकुटा, वैशाख १५ । सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको १२औं संस्करण आगामी शनिबारदेखि हुने भएको छ  ।

धनकुटाको तल्लो टुँडिखेलमा सन्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालबाट आयोजक धनकुटा, सुनसरीको गोधुली क्लब, रमपम झापा, ब्वाइज युनियन, सशस्त्र प्रहरी र राउत कन्ट्रक्सन, मोरङ सहभागी हुने भएका छन् ।

त्यस्तै, भारतको सेरे क्लब कालिम्पोङ र भुटानको बीआरसी क्लब सहभागी हुनेछन् ।

उद्घाटन खेल आयोजक धनकुटा र राउत कन्ट्रक्सन, मोरङबीच हुनेछ ।

विजेताले दुई लाख र उपविजेता टिमले एक लाख रुपैयाँ पाउनेछन् ।