१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


४३ वर्षीय महिला सामूहिक रुपमा बलात्कृत


0
Shares

तेह्रथुम, वैशाख १७ । तेह्रथुममा एक ४३ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छन् ।

बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर खाम्लालुङ–४ का २७ वर्षीय सञ्चबहादुर इस्बो, २६ वर्षीय राजेन्द्र इस्वो र २२ वर्षीय सगुन इस्बो छन् ।

स्थानीय देवी विकको घरमा भएको वैवाहिक कार्यक्रममा पाहुना आएकी महिलालाई धान नाच्न भन्दै जबरजस्ती तानेको र नजिकको घरमा लगेर सामुहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद ढकालले जानकारी दिए ।