Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


गाउँपालिकाले चर्को कर असुलेको भन्दै स्थानीयद्वारा आपत्ति


0
Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले चर्को कर असुलेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

गाउँपालिकाले घरको नम्बरिङ गर्दा प्रत्येक घरमा घर नम्बर प्लेट राखेवापत एक हजार रुपैयाँ लिएपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

घर नम्बर प्लेटको रकम नतिर्ने स्थानीयलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट बञ्चित गराउने धम्कीका कारण डर त्रासले रकम तिर्न बाध्य भएको उनीहरुको गुनासो छ ।

विकास गर्ने नाममा नागरिकमाथि चर्को शुल्क असुलेकोमा दोलखाका नागरिक समाजले समेत आपत्ति जनाएको छन् ।

गाउँपालिकाका अध्यक्ष स्वयम्बहादुर खड्काले भने प्रतिघर एक हजार रुपैयाँ लिँदा नागरिकलाई अप्ठ्यारो नपर्ने जिकिर गरे ।