
कञ्चनपुर,वैशाख १८ । चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन् ।
तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन् ।
पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन । रासस
प्रतिक्रिया दिनुहोस्