मुस्ताङ । मुस्ताङको स्थानीय तहका न्यायिक समितिमा मुद्दाको अवस्था शुन्य छ ।
कतिपय स्थानीय तहहरुमा न्यायीक समितिहरुलाई न्याय दिन भ्याइनभ्याई छ तर हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा भने न्यायीक समितिमा अहिलेसम्म एउटा पनि मुद्दा नपरेको गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले बताइन ।
उनले गाउँपालिकाको दोस्रो गाउँ सभाबाट न्यायिक समिति गठन भई न्यायिक समिति सम्बन्धी ऐन पारित भए पनि अहिलेसम्म कुनै मुद्धाहरु नआएको बताइन ।
उपाध्यक्ष गुरुङले मुस्ताङ शान्ति जिल्लाको रुपमा चिनिने बताउँदै जिल्ला अदालतमासमेत मुद्दाहरु कम पर्ने गरेको बताइन ।
गाउँपालिकामा हुने विभिन्न किसिमका झैझगडा, चोरी लगायतका मुद्दाहरु परम्परादेखि गाउँ घरमै मिलाउने हुँदा न्यायीक समितिसम्म नआएको गुरुङको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्