पाल्पा । पाल्पामा घरमा खरको छाना मुक्त अभियान शुरु गरिएको छ ।
यहाँका १० मध्ये ८ वटा स्थानीय तहले जनतालाई सुखी र सम्बृद्ध बनाउँदै भन्दै खरको छाना मुक्तअभियान संचालन गरेका छन् ।
आगामी ३ बर्षभित्र पाल्पाका १० वटै स्थानीय तह खरको छाना मुक्त हुने छन् ।
तानसेन नगरपालिका, रामपुर नगरपालिका, त्यसैगरी पूर्वखोला, बगनासकाली, तिनाउँ, माथाँगढी, रिव्दिकोट र रैनादेवी–छहरा गाउँपालिकाले खरको छाना मुक्त अभियान संचालन गरेका छन् ।

एक घरमा खरको छाना परिवर्तन गर्दा ३० देखि ४० हजार रुपैंया खर्च हुँदै आएको छ ।
पाल्पामा सबैभन्दा बढी रैनादेवी–छहरा गाउँपालिकाले खरको छाना मुक्त अभियानको लागि बजेट विनियोजन गरेको छ ।
गतवर्ष ६० लाख बजेट विनियोजन गरी ५ सय घरपरिवारलाई खरको छाना मुक्त गराएको थियो ।
चालु आर्थिक बर्षमा गाउँपालिकाले १ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
यस बर्ष ७ सय घरपरिवार लाई ९ फुटे टिन वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्