
गौशाला, वैशाख १९ । नेपाल विद्युत् प्राधिकरण महोत्तरी, जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।
महिनौँदेखि जिल्लाको विभिन्न गाउँ ठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जना व्यक्तिलाई विद्युत् प्राधिकरणले पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरका प्रमुख सूर्यनारायण मण्डलले बताए ।
उनले जिल्लामा विद्युतको सप्लाई माग बमोजिम नै गरिरहेका बेला पनि उचित भोल्टेज नपुगेको तथा सर्वसाधारणलाई निकै समस्या भएको गुनासो आएपछि गाउँ गाउँमा गरेको छापामारीबाट ५० जना विद्युत् चोर समातिएको बताए ।
विद्युत् प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहयोगमा ५० जना विद्युत् चोरलाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख मण्डलले उल्लेख गरे ।
साथै विद्युत् चुहावट गर्नेहरुका घर घरबाट दुई दर्जन बढी पानी तान्ने मोटर र विभिन्न विद्युतीय सामग्री पनि नियन्त्रणमा लिइएको छ ।
यसका साथै पक्राउ परेका सबैसँग जनही रु पाँच÷पाँच हजारका दरले जरिवानासमेत लिइएको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्