काठमाडौं, वैशाख ३१ । पंकज नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका छन् ।
मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले चार उपाध्यक्षमध्येबाट गत वर्षको वैशाख २२ गते भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका नेम्वाङलाई चयन गरेको हो ।
अध्यक्षले कार्यवाहक दिँदा वरिष्ठ उपाध्यक्षलाई दिने भएकाले यो पद महत्वपूर्ण मानिएको छ ।
राष्ट्रिय लिग हुने
एन्फाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ । सोअनुसार यो वर्ष राष्ट्रिय लिग फुटबल सन्चालन हुने भएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्षलाई भौतिक निर्माणको वर्ष बनाउने लक्ष्य लिएको एन्फाले कम्तीमा १० स्थानमा एकैपटक खेलमैदान र टेक्निकल सेन्टरहरु निर्माण गर्ने निर्णय भएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्