Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सोल्टीमा कार्यरत् ज्येष्ठ श्रमिक अभिनन्दित


0
Shares

काठमाडौं, वैशाख १९ । १ सय २७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोल्टी क्राउन प्लाजामा कार्यरत् ज्येष्ठ श्रमिकलाई अभिनन्दन गरिएको छ ।

सोल्टीको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ तथा नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुराँ श्रमिक संघ एवं नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर युनियनको संयुक्त आयोजनामा अभिनन्दन कार्यक्रम गरिएको हो ।

सोल्टीका महाप्रबन्धक उपल मजुमदारले १७ जेष्ठ श्रमिकलाई प्रमाणपत्र र चाँदीको सिक्का हस्तान्तरण गरेको जानकारी गराइएको छ ।