१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


तत्काल सरकार परिवर्तनको सम्भावना छैन : दाहाल


0
Shares

ध्रुव भट्टराई (इमेज)
विराटनगर, वैशाख २० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधानको प्रभावकारी कार्यान्वयन, पुनःनिर्माण तथा मधेसका समस्या समाधान गर्नका लागि दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेकोसमेत बताए ।

उनले सरकारको काम गर्ने शैली भने परिवर्तन गर्नुपर्ने स्पस्ट पारे ।

अध्यक्ष दाहालले सरकार परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने पनि बताए ।