१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


सदनमा पुनःनिर्माणमाथिको बहस सकियो


0
Shares

काठमाडौं, वैशाख २३ । व्यवस्थापिका–संसदमा भूकम्पपछिको पुनःनिर्माणबारे सांसदहरुबाट धारणा राख्नेक्रम समाप्त भएको छ ।

संसदको कार्यसूचीअनुसार बुधबार र बिहीबार सो विषयमा सांसदलाई बोल्न समय दिइएको थियो ।

सांसदहरुले भूकम्पपछिको पुनःनिर्माणको काममा भएको ढिलाइ, अनुदान रकम पाउन योग्यहरुको सूचीको पुनरवलोकनका साथै आकासमुनि रहेका जनतालाई छानोमुनि ल्याउने पहलकदमीका लागि सुझाव दिएका थिए ।

सो विषयमा सांसदहरुबीच वर्तमान सरकार राख्ने नि नराख्ने भन्ने विषयमा मतमतान्तर देखिएको थियो ।

सत्तामा रहेका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका सांसदले यही सरकारको निरन्तरताको पक्षमा अभिमत दिएका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारको कडा आलोचना गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका थिए ।

सांसदहरुको बोल्नेक्रम सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गरेका छन् । रासस

फाइल फोटो