१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


फोरम लोकतान्त्रिकको ४२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन


0
Shares

विराटनगर, वैशाख २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको विराटनगरमा आयोजित प्रथम महाधिवेशनले ४२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको छ ।

पार्टी महाधिवेशनको तेस्रो दिन विहीबार खुलातर्फ २१ र आरक्षिततर्फ २१ गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए ।

केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदारलाई सदस्यहरु चयन गर्न सर्वसम्मत अधिकार दिएपछि ४२ सदस्य छनोट गरिएको पार्टी प्रवक्ता सुनील रञ्जन सिँहले जानकारी दिए ।

यसअघि, पार्टीको अध्यक्ष पदमा बुधबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारको एकमात्र उम्मेदवारी परेपछि गच्छदार निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित सदस्यले विहीबार अपराह्न सपथग्रहणसमेत गरेका छन् ।