
सुनसरी, वैशाख २४ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको सरकारमा सहभागी कुनैपनि दल राष्ट्रिय सहमतिको सरकार गठनका लागि बाधक नबन्ने बताएका छन् ।
उनले केही समयसम्म स्वभाविकरुपमा अहिलेकै सरकारले काम गरेपनि केही महिनापछि स्थिति परिवर्तन हुनसक्ने बताए ।
शुक्रबार सुनसरीको इनरुवामा कार्यकर्ताहरुसँग कुरा गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले संविधान कार्यान्वयनका लागिपनि राष्ट्रिय सहमतिको सरकार आवश्यक हुनेमा जोड दिए ।
गच्छदारले अहिलेकै प्रधानमन्त्री केपी ओली वा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकारको नेतृत्व गर्नसक्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्