
पोखरा, वैशाख २४ । कानुनमन्त्री अग्नि खरेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले बाधक नबन्ने बताएका छन् ।
शुक्रबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले जनताको पक्षमा लोकप्रिय बजेट आउने डरले नेपाली कांग्रेस डराएको आरोप लगाए ।
एमाले र एकीकृत माओवादीबीच भएको सहमतिको प्रभावकारी कार्यान्वयन गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्