Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


५ नम्बर प्रदेश परिषद्को दोस्रो बैठक बुटवलमा


0
Shares

बुटवल, वैशाख ३० । ५ नम्बर प्रदेश परिषद्को दोस्रो बैठक आज बुटवलमा बसेको छ ।

प्रदेश र स्थानीय तहमा बजेट निर्माणको तयारीका सन्दर्भमा परिषद् बैठक आयोजना गरिएको हो । बैठकमा प्रदेशको आवधिक योजना र प्राथमिकताका विषयमा छलफल भएको छ ।

प्रदेशको योजनामा रहेर स्थानीय तहले बजेट कार्यक्रम निर्धारण गर्ने छन् ।

बैठकको उदघाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दुई अंकमा पु¥याउने दाबी गरे । तीन वर्षपछि प्रदेश ५ को आर्थिक वृद्धिदर सातवटै प्रदेशमध्ये सबैभन्दा अगाडि हुने उनको दावी छ ।

तीन तहका सरकारको कामका कारण आर्थिक वृद्धिदर बढ्दै गएको भन्दै उनले आगामी वर्ष राम्रो परिणाम ल्याउने गरी काम अघि बढाइने बताए ।

बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले प्रदेशको आवधिक योजना तयार भइसकेको र योजनामा आधारित रहेर बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा आगामी ४ वर्षसम्मका लागि प्रदेशलाई १२ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताइएको छ । बैठकमा प्रदेशका सभामुख, प्रदेश सरकारका मन्त्री, १०९ तहकै प्रमुख र उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक, मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता छ ।

बैठक चालू आर्थिक वर्षको बजेट कार्यान्वयन, राजश्व बाँडफाँडको रकम सञ्चित कोषमा संकलन तथा आगामी वर्षका लागि राजश्व प्रक्षेपणमा केन्द्रित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बसन्त अधिकारीले जानकारी दिए ।