१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


‘राजदूतले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिनोस् भन्नुभएको हो ?’ (भिडियो)


0
Shares

काठमाडौं, वैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

व्यवस्थापिका–संसदको शनिबारको बैठकमा समय माग गर्दै कांग्रेस सांसद डा. प्रकाशशरण महतले राजदूत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे ।

उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिशोध साँध्ने काम भएको उनले बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकार फेर्न एकीकृत माओवादीले चाहेकाले त्यसको आरोप राजदूतमाथि लगाउनु निन्दनीय भएको उनको भनाइ छ ।

‘राजदूत उपाध्यायले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिनु भनेको हो र ?’ भन्दै महतले ‘यो विषयमा दाहालले पनि जवाफ दिनुपर्छ’–भने ।

सरकारको निर्णयले परराष्ट्र मामिलामा खेलबाड भएको भन्दै कांग्रेसले यस्ता कार्य बन्द गर्न माग गरेको छ ।

मधेसी दलका सांसदले शनिबार पनि संसद बैठक बहिस्कार गरेका छन् ।