
काठमाडौं, बैशाख २६ । कांग्रेस नेता डा. शेखर कोइरालाले वितेका ५–७ वर्ष देखि पश्चिमाहरुको नेपाली राजनीतिमा प्रभाव बढेको बताएका छन् ।
उनले पश्चिमाहरु नेपाललाई अस्थिर बनाउन खोजेको परिस्थितिमा नेपाली केही नेपाली दल र नेताहरु पश्चिमाका गोटी बनेको बताएका छन् ।
नेपाल सामरिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र भएका कारण दुई छिमेकी भारत र चीनलाई पर सारेर गरिने अन्य सम्बन्धले नेपाललाई लाभ नहुने डा.कोइरालाले बताए ।
डा.कोइरालाले नेपालले भारत र चीनसंगको सम्बन्धलाई सामान्य सम्झिएर व्यावहार गर्नु गलत भएको बताएका छन् । दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालले भारत– चीनसंगको सम्बन्धलाई बलियो बनाउन सके मात्र नेपाल बलियो बन्न सक्ने बताएका छन् ।
उनले सरकारका पछिल्ला गतिविधिका कारण छिमेकी भारतसंगको सम्बन्ध झन विग्रिएको बताएका छन् । ‘सरकारले विदेशस्थित नेपाली राजदूतहरुलाई फिर्ता बोलाउन सक्छ ,तर राजदूत रहेकै देशसंग सम्बन्धित अनेक आरोप लगाएर राजदूत फिर्ता बोलाउनु कुटनीतिक अपरिपक्कता हो’ उनले भनेः‘राष्ट्रपतिको तय गरिएको भारत भ्रमणलाई रोकेर नेपाल भारतका बीचको सम्बन्धलाई प्रधानमन्त्रीले थप जटिलता निम्ताए ।’
उनले सरकार पूर्ण रुपले असफल बनेका कारण कांग्रेसले परिवर्तन गर्न खोजेको बताएका छन् । अहिले असफल बने पनि जुनसुकै समयमा कांग्रेस सरकारमा जान सक्ने दावी कोइरालाले गरेका छन् ।
भूकम्प पीडित देखि सम्पूर्ण विकासका कामहरु ठप्प पारेर सरकारले कुरा मात्रै गरिरहेका अवस्थामा कांग्रेसले एमाओवादीलाई सरकारको नेतृत्व दिलाउन खोजेको डा. कोइरालाको भनाई छ ।
उनले संसदीय राजनीतिमा कोही स्थायी शत्रु र मित्र नहुने हुँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसले साथ दिन खोजेको बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण गरे लगत्तै सरकार परिवर्तनको चर्चा चल्नु संयोग मात्र भएको बताउदै डा.कोइरालाले भनेः ‘नेपालको सरकार ढाल्ने र नढाल्ने कुराको निर्धारण भारतमा होईन नेपालमै हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्