४ असार २०८२, बुधबार | Wed Jun 18 2025


आज बर्षकै पवित्र दिन, अक्षय तृतीयाको यस्तो छ महिमा


0
Shares

काठमाडौं, बैशाख २७ । आज अक्षय तृतीया । यस दिन जौको सातु र सर्वत दान गर्ने परम्परा छ ।

यस दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषका अनुसार आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुन्छ ।

वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट सुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।