
काठमाडौं, वैशाख २७ । कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त प्रताप बज्राचार्यलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
काठमाडौं, रक्तकालीका ५४ वर्षीय बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
बज्राचार्यले २०५३ साल असोज ४ गते आफ्नी श्रीमती छायाँ बज्राचार्यलाई कुटपिट गरेको र छायाँको असोज १३ गते मृत्यु भएको थियो ।
कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतको २०६३ साउन २९ गते बज्राचार्यलाई दोषी ठहर गर्दै २ वर्ष कैद र ५ सय जरिवाना तोकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्