Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


अनियमितता र भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाही : सशस्त्र प्रहरी


0
Shares

काठमाडौं, वैशाख २८ । सशस्त्र प्रहरीले संगठनको मर्यादा र आचरणविपरीत अनियमितता र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने जनाएको छ ।

मंगलबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकार गरी सशस्त्र प्रहरीले आफू मातहतका कर्मचारीले प्रहरी आचरणविपरीत काम गरेमा कारबाही गर्ने जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने भन्दै सशस्त्रले मानवअधिकारको रक्षाका लागि विभिन्न सरोकारवाला निकायहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सशस्त्र प्रहरी बलले चार महिनामा आफू मातहतका दुई सय ६१ प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको, एक सयजनालाई बर्खास्त गरेको, १२ जनाको घटुवा गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।