७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


ससुराली हिंडेका दुई युवा बझाङको पिपलढोसामा मृत अवस्थामा भेटिए


0
Shares

बझाङ, असार २८ । बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय विमल मिजार मृत अवस्थामा फेला परेको प्रहरी प्रहरीले जनाएको छ ।

घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा मृत फेला परेको प्रहरीको भनाई छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए ।

मृतक सुरेन्द्र विकको टाउकोबाट गिद्धी निस्किएको छ भने विमल मिजारको हात भाँचिएको जनाइएको छ ।