
काठमाडौं, वैशाख २९ । विश्व रेटिनोब्लास्टो जनचेतना सप्ताह आजदेखि सुरु भएको छ ।
आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको आयोजनामा तिलगंगा आँखा केन्द्रमा आजदेखि जनचेतनामूलक सप्ताह सुरु भएको हो । रेटिनोब्लास्टो आँखामा हुने एक प्रकारको क्यान्सर हो ।
विशेष गरी पाँच वर्ष मुनीका बालबालिकाहरुमा यो रोग लाग्ने गर्दछ ।
करिब २० हजारमध्ये एक जनालाई यो रोग लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । यस्तो रोग लागेका बालबालिका नेपालमा पनि छन् । रोग लागेको सुरुमै थाहा भएमा यसको उपचार सम्भव हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्