४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नियमनकारी निकायहरुको तेस्रो सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, वैशाख ३० । दक्षिण एसियाली मुलुकहरुको बीमा नियमनकारी निकायहरुको तेस्रो सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको विहीबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

सम्मेलनमा बीमाको पहुँच बढाउन बीमा नियमनको भूमिका, जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने विनाशकारी सम्भाव्य जोखिम तथा गत वर्षको भूकम्पले पारेको असर एवं अपनाउनुपर्ने उपायहरुबारे विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।

बीमा समितिको आयोजनामा भएको दुईदिने सम्मेलनबाट विश्व बीमाको बजारमा नेपालको पहिचान, बीमा क्षेत्रमा समसामयिक विषयवस्तुको पहिचानका साथै बीमामा समावेशिताको क्षेत्र तथा त्यसको कार्यान्वयनका विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।