१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पोखरा–बागलुङ सडक सुचारु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, असार २८ । अबिरल बर्षासँगै पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड बाह्र घण्टापछि सुचारु भएको छ । 

पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गएराति १० बजेबाट सडक अवरुद्ध भएको थियो । केहिबेर अघिदेखि बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।

पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले बर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि बर्षा हुँना साथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए ।

बर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।