बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
शनिबार धनगढीमा सन्चारकर्मीसित कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले कांग्रेसले सरकारका गलत कुराको प्रतिरोध गर्ने बताए ।
राष्ट्रिय जागरण अभियानमार्फत् कांग्रेसले आफ्ना कुरा जनतामा पुर्याउने उनले उल्लेख गरे ।
उनले संसदमा सभामुखको भूमिका राम्रो नभएको टिप्पणीसमेत गरे ।
सुदूरपश्चिमको विकासका लागि लागिरहन्छु
शनिबारै सभापति देउवाले धनगढीमा महेश रामायणसभाको हीरक महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू सधैं लागिरहने बताए ।
आफ्नै पहलमा सुदूरपश्चिमलाई काठमाडौंसित जोडेको प्रसंग जोड्दै उनले राजमार्गमा दर्जनौं पुलहरु निर्माण गर्नुका साथै पहाडमा बाटा–घाटाहरु बनाइएको सुनाए ।
यस क्षेत्रको विकासमा सबै मिलेर जानुपर्नेमा उनले जोड दिए ।
सुदूरपश्चिम विश्वविद्यालय लथालिंग भएको, गेटा मेडिकल कलेजको काम अझै नसकिएकाले त्यतातर्फ ध्यान दिनुपर्ने उनले बताए ।
सो अवसरमा महेश रामायणसभाले सभापति देउवालाई सम्मान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्