Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री


0
Shares

काठमाडौं, जेठ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन् ।

एयरपोर्टले अधिग्रहण गरिसकेको गजग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालिन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको दिव्यश्वरी(८ पेप्सीकोलाको १२ आना जग्गा भू(माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए । जग्गा दलालसहित कर्मचारीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत उपसचिव चन्द्रमणि अर्याल, वैदेशिक रोजगार विभागमा कार्यरत अधिकृत दिलीपकुमार अधिकारी, मालपोत कार्यालय ललितपुरमा कार्यरत हरिनारायण मानन्धर, जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यारत देवीकुमार पराजुली थिए ।

भूमाफियाको गिरोहसँग मिलेर उनीहरुले सरकारी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक प्रभावमा परेर उनीहरुले सरकारी जग्गा बिक्री गरेका थिए ।
-नयाँ पत्रिका दैनिकबाट