Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारले सुशासन दिन सकेन : सिंह


0
Shares

काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसस काठमाडौं क्षेत्र नम्बर–१ ले शनिबार यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् ।

‘सरकार विकास बजेट खर्च गर्न नसकेर संघीयतालाई असफल बनाउन लागिरहेको छ’–उनले भने ।

पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसदको मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए ।

उनले नेपाली जनतालाई अधिकार दिलाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै कांग्रेस पार्टीलेमात्र मुलुकको विकास गर्ने उल्लेख गरे । रासस