Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच भेटवार्ता हुँदै


0
Shares

काठमाडौं । भियतनामको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युग्यन जुयान फुकबीच आज औपचारिक भेटवार्ता हुँदैछ । 

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीचको भेटवार्तापछि दुई मुलुकबीच केही सहमतिपत्रमा समेत हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दुई मुलुकबीचको सम्बन्ध बिस्तारमा केन्द्रीत रहने बताइएको भए पनि प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय नियमित परामर्शका लागि संयन्त्र निर्माणमा सहमति हुने बताइएको छ ।

संयुक्त पत्रकार सम्मेलन गरी दुवै मुलुकका कार्यकारी प्रमुखले सहमतिपत्रबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि दुवै प्रधानमन्त्रीबीच सम्बन्ध विस्तार, आपसी हित, सहयोग आदान प्रदान लगायतबारे छलफल हुनेछ । सहमतिपत्रमा हस्ताक्षरपछि कम्बोडियाको औपचारिक भ्रमणका कार्यक्रम सकिनेछन् ।

भियतनामका उद्योगी व्यवसायीलाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल खुला रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओली भोलि वैशाख डेमा सहभागी हुनेछन् ।

उनी सोमबार त्यहीँबाट कम्बोडियाको भ्रमणमा जाने जानु हुने छ । प्रधानमन्त्री ओली बुधबार काठमाडौं फर्कने कार्यक्रम छ ।