Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सेनाले बनायो बाटो, अब २२ किमी ट्रयाक खोलेपछि सुनौली र कोराला सडकबाट जोडिने (भिडियो)


0
Shares

मालढुंगा (बाग्लुङ), जेठ ५ । नेपाली सेनाले निर्माणाधीन कालीगन्डकी करिडोर सडकअन्तर्गत् बाग्लुङको मालढुंगा–टाकुरे सडकखन्डको निर्माणकार्य सम्पन्न गरेको छ ।

निर्धारित् समयभन्दा दुई महिना पहिला नै सेनाले १४ किलोमिटरको सडकखन्डको ट्रयाक खोल्ने काम सम्पन्न गरेको हो ।

उक्त सडकखन्डको बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । यो ट्रयाक खोल्नका लागि १९ करोड रुपैयाँ खर्च लागेको सेनाले जनाएको छ ।

अब २२ किलोमिटर ट्रयाक खोलेपछि भारतको सुनौली र चीनको कोराला नाका सडकबाट जोडिने छ ।

भारत र चीनलाई जोड्ने सडकको लम्बाइ ३ सय ३५ किलोमिटर हुनेछ । यस्तै, कोरलादेखि नारायणगढसम्मको दूरी ४ सय ५५ किलोमिटर हुनेछ ।

भिडियो हेर्नुहोस्