२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विराटनगरमा १४ करोड बढीको लागतमा बसपार्क निर्माण हुने


0
Shares

विराटनगर, जेठ ६ । विराटनगर उपमहानगरपालिकामा सुविधा सम्पन्न व्यवसायिक भवनसहितको बसपार्क निर्माण हुने भएको छ ।

विराटनगर उपमहानगरपालिका र नगर विकास कोषबीच १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मी र नगर विकास कोषका कार्यकारी प्रमुख मनिरामसिंह महतबीच बसपार्क निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विराटनगर–१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बसपार्क निर्माणको लागत मध्ये १२ करोड ७० लाख कोषले ९ प्रतिशत व्याजमा उपलब्ध गराउने छ ।

त्यसैगरी सरकारको १ करोड ५ लाख अनुदान छुट्याएको छ भने विराटनगर उपमहानगरपालिकाले ३५ लाख २८ हजार रुपैयाँ खर्च गर्ने छ । नयाँ बसपार्कमा रेष्टुरेन्ट, टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, मजदुर, कर्मचारी बस्ने कोठासमेत हुनेछन् ।