२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


आगो लगाएर आफ्नै शिशुको हत्या


0
Shares

दार्चुला, वैशाख २७ । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् ।

२२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए ।

उनीहरुले शिशुको हत्या गर्नाको कारण खुलाइएको छैन । (रासस)