१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको मूल्य ३ सयले ओर्लियो


0
Shares

काठमाडौं, जेठ ६ । पछिल्ला दिन स्थीरजसो रहँदै आएको सुनको मूल्यमा विहीबार तीन सय रुपैयाँले कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले कमी आएर ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि नै सुनको मूल्य तोलाको ५६ हजार ३ सय रुपैयाँमा स्थीर रहँदै आएको थियो ।

विहीबार चाँदीको भाउ पनि ५ रुपैयाँले कमी आएर ७ सय ८० रुपैयाँमा कारोबार भयो ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।