
काठमाडौं, जेठ ६ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा १५ प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थामा चैत महिनासम्म १५ दशमलव ५ प्रतिशत अर्थात् ३२ अर्ब ४४ करोड रुपैयाँमात्रै खर्च भएको छ ।
सरकारले चालु वर्षका लागि २ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ पूँजीगत खर्च विनियोजन गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत खर्च २६ दशमलव ७ प्रतिशतले बृद्धि भएको थियो ।
चालु आर्थिक वर्षमा समयमै बजेट आएपनि कार्यान्वयन क्षमतामा विकास आउन नसक्दा पूँजीगत खर्चमा बृद्धि आउन सकेको छैन ।
सरकारले भने चालु आर्थिक वर्ष पूँजीगत खर्च ६० देखि ७० प्रतिशत पुग्ने दाबी गर्दै आएको छ ।
आर्थिक वर्ष सकिनैलाग्दा हतारमा गरिने खर्च प्रभावकारी नहुने गुनासो सर्वसाधारणको छ ।
प्रतिक्रिया दिनुहोस्