काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली गरगहनाको सुरक्षा तथा विकासका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
गरगहनाको अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जेम्स एन्ड ज्वेलरीको विकासमा सरकारले के गर्नुपर्यो सुझाव दिन व्यवसायीलाई आग्रह गरे ।
ढुंगा बन्न हजारौं वर्ष लाग्ने भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने बताए ।
सरकारकोे गतिलाई मान्छेले बुझ्न नसेकेको उनले टिप्पणी गरे ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपाली गरगहनाका वस्तुलाई निर्यात्योग्य बनाउन आवश्यक रहेको भन्दै डिजाइनमा ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले १४औं त्रिवर्षीयय योजनामा १४ खर्बको लगानी निजी क्षेत्रबाट गर्ने योजना रहेको भन्दै लगानीको उपयुक्त वातावरण बनाए थप लगानी आउने बताए ।










प्रतिक्रिया दिनुहोस्