६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


कालिकोट पहिरोमा तीनजनाको मृत्यु, बेपत्ता चारजनाको खोजी जारी


0
Shares

कालिकोट, जेठ ७ । कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ ।

कोटवाडा–४ स्थित गेजबजारमा विहीबार राति खहरेखोलामा आएको बाढीसँगैको पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का हरि तिरुवा, स्यूना–२ का धनमती टमटा, घौला गोह–९ का लक्ष्मण भण्डारी रहेको कालिकोट प्रहरीले जनाएको छ ।

घाइते हुनेमा फुकोट–३ का जगदिश बराल, स्यूना–४ का पुलटौरा सुनार, साइपाटा–८ बाजुराका परेका भन्डारी, असुरा भण्डारी, रिष्म भण्डारी, जटिल भण्डारी छन् । घाइतेहरुको जिल्ला अस्पताल मान्मामा उपचार भइरहेको छ ।

त्यसैगरीm पहिरोमा अरु चारजना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले गेजबजारमा रहेका २० ओटा टहरासमेत बगाएको छ ।