प्रतीक लामिछाने/भरत केसी (इमेज)
चितवन, जेठ ७ । चितवनको सौरहा देशी–विदेशी पर्यटकमाझ प्रसिद्ध छ ।
तर, चितवनकै पश्चिममा पर्ने मेघौली भने पर्याप्त सम्भावना हुँदाहुँदै पनि चर्चामा आउन सकेको छैन ।
काठमाडौंबाट सडकमार्ग हुँदै करिब ४ घन्टाको दुरीमा पुग्न सकिने पश्चिम चितवनको मेघौली वन्यजन्तु तथा चराचुरुंगीका गतिविधि प्रत्यक्षरुपमा अलवोकन गर्न सकिने उत्कृष्ट ठाउँ हो ।
स्थानीय थारु जातिको संस्कृति एवं स्वागत्–सत्कार यहाँको थप आकर्षणकोरुपमा रहेको छ ।
सूर्यको किरण राप्ती नदीको पानीमा परेसँगै मेघौलीका जनता आफ्नो कर्मपथमा लम्कन्छन् भने त्यहाँ पुग्ने पर्यटक वन्यजन्तु तथा चराचुरुंगीका गतिविधि नियाल्न तल्लिन हुन्छन् ।
कोही जिप चढेर त कोही हात्तीमा लम्किँदै अनि कोही हिँडेरै जंगलयात्रा गर्न रुचाउँछन् ।
आँखै अगाडि बढेमानका जंगली जनावर तथा विभिन्न प्रजातिका चराचुरुंगी देख्न पाइनु मेघौलीको विशेषता नै हो ।
यतिधेरै सम्भावना बोकेको ठाउँमा पर्यटकको ओइरो लाग्नुपर्ने हो । तर, अहिलेसम्म मेघौलीमा खासै पर्यटक पुग्न सकेका छैनन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्