६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


बुद्धस्थल पुगिन् राष्ट्रपति भण्डारी


0
Shares

कपिलवस्तु, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धस्थल तिलौराकोटको भ्रमण गरेकी छन् ।

शुक्रबार दिउँसो १ बजेतिर तिलौराकोट पुगेकी राष्ट्रपति भण्डारीले एक घन्टा तिलौराकोटको अवलोकन गरेकी थिइन् ।

हेलिकोप्टरबाट लुम्बिनी पुगेर उनी नवलपरासीको रामग्राम हुँदै तिलौराकोट पुगेकी हुन् ।

भगवान बुद्धले जीवनका सुरुआती २९ वर्ष तिलौराकोट दरबारमा बिताएका थिए ।

राष्ट्रपति भण्डारीलाइ पुरातत्व विभागका प्रमुख पुरात्व अधिकृत रामबहादुर कुँवरले तिलौराकोटबारे जानकारी गराएका थिए ।

बुद्धजयन्तीको अघिल्लो दिन राष्ट्रपति भण्डारी बुद्धस्थल पुगेकी हुन् ।