Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


ललितपुरमा सिलिन्डर पड्किँदा एकको मृत्यु, तीनजना घाइते


0
Shares

ललितपुर, ७ जेठ । ललितपुर उपमहानगरपालिका–१९ स्थित हौगलटोलमा शुक्रबार अक्सिजन सिलिन्डर ग्यास पड्किँदा हौगल बस्ने ४० वर्षीय धु्रव ताम्राकारको अपराह्न २ बजे मृत्यु भएको छ ।

हौगलस्थित कृष्णगोविन्द ताम्राकारको चारतले भवनको भुइँतल्लामा सन्चालित तामा–पित्तलको वाइरिङ कारखानामा ग्यास चुहावट भएर सिलिन्डर पड्किँदा चारजना गम्भीर घाइते भइ पाटन अस्पतालमा लगिएकामा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता किशनसिंह थापाले बताए ।

घाइते हुनेमा सोही स्थानका सुरेश ताम्राकार, राजेश ताम्राकार र कविना ताम्राकार रहेका छन् ।

सुरेश र राजेश ताम्राकारको शरीरको अधिकांश भाग जलेकाले बोल्न नसक्ने अवस्थामा छन् भने अर्की घाइते कविना सामान्य अवस्थामा छिन् । रासस

फाइल फोटो