सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसको अघिल्लो कार्यसमितिले विधान उल्लंघन गरेको र संस्थागत् पद्दतिको विकास गर्न नसकेको कमजोरी देखाएर १३औं महाधिवेशनमा सभापति हात पार्न सफल भएका शेरबहादुर देउवाले पनि प्रारम्भमै विधान उल्लंघन गरेका छन् ।
त्यसपछि कार्यकर्ताहरुमा सभापति देउवा पनि पुरानै बाटोमा हिँड्ने हुन् कि भन्ने आशंका बढेको छ ।
स्थापनादेखि नै एक झन्डाभित्रका दुई पार्टी जस्ता देखिने नेताहरु पनि विधान उल्लंघनलाई खासै ठूलो समस्या नभएकोमा भने एक देखिएका छन् ।
तत्कालीन सभापति सुशील कोइरालाले पार्टीका विभिन्न निकायको गठन गर्न र तिनलाई पूर्णता दिन ढिलाइ गरेर पार्टीको विधान मिचेको भन्दै आरोप लगाउने शेरबहादुर देउवा आफैं सभापति भएपछि भने फेरि त्यही पथमा लम्किएका छन् ।
अझ संस्थागत् निर्णय नरेर पार्टीलाई केही व्यक्तिको कोटरी बनाएको आरोप त देउवाले सुशीलमाथि पटक–पटक लगाए ।
तर, जब देउवाले पार्टीको नेतृत्व लिए, आफूलाई त्यही कित्तामा उभ्याएको टिप्पणी अहिले सुनिन थालेको छ ।
बिना योजना केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दा पार्टीको कुनै निकायबाट आधिकारीक निर्णय नगरेको र सबैलाई जानकारीसमेत नदिएको भन्दै पार्टीभित्रकै एक समूहले असन्तुष्टि जनायो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्