
कलैया, जेठ ८ । बाराको छोल्भी नगरपालिका–१० अगहनवा बस्ने जनक चौधरी र जसु चौधरीबीच भएको कुटाकुटमा गम्भीर घाइते भएका जनकको शनिबार बिहान घरमै मृत्यु भएकोे छ ।
शुक्रबार दिउँसो जनक चौधरी र जसु चौधरीबीच आफ्नो घर आँगनअगाडि फोहर फाल्ने विषयमा झैझगडा भइ कुटाकुट हुँदा जसुको बाँसको भाटा प्रहारबाट जनक गम्भीर घाइते भएका थिए ।
घटनापछि जसु चौधरी फरार रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्