भक्तपुर, जेठ ८ । प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
शनिबार १३ सदस्यीय सिंगो कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यले प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाइँ)ले जानकारी दिए ।
प्रेस चौतारी भक्तपुरको शनिबार बसेको बैठकले संगठनको नीति–नियमभन्दा पनि नेकपा एमालेका नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर संगठन बनाउने र प्रेस चौतारी चलाउने परिपाटी भएको ठहर गरी त्यसप्रति खेद प्रकटसमेत गरेको छ ।
नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा एमाले नेताको आशीर्वादप्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दासमेत गरेको छ ।
लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार संगठनका इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको निष्कर्ष बैठकले निकालेको बजगाइँले बताए । रासस










प्रतिक्रिया दिनुहोस्