Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पहिचानको आन्दोलन जारी : संघीय गठबन्धन


0
Shares

काठमाडौं, जेठ ८ । पछिल्लो समय राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले पहिचानको आन्दोलनलाई जारी राख्ने बताएको छ ।

गठबन्धनले शनिबार स्वयम्भूमा आयोजना गरेको विरोधसभाका वक्ताहरुले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहने बताएका हुन् ।

सीतापाइलाबाट सुरु भएको गठबन्धनको विरोधर्‍याली स्वयम्भूचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्ने गठबन्धनआबद्ध दलका नेताहरुले प्रदेश सीमांकनलगायतका विषयको सम्बोधन नभएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाइने बताए ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका रणध्वज कन्दङ्वा, तमुवान संयुक्त संघर्ष समितिका नवराज गुरुङ, थरुहट संयुक्त संघर्ष समितिका संयोजक सोमती थारु, सद्भावना पार्टीका रामकिशोर सिंहलगायतले पहिचानसहितका मुद्दालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बुद्धजयन्तीका अवसरमा बुद्ध जाति, द्वन्द्व आदि सबैका विरोधी भएकाले उनीबाट सबैमा प्रेरणा मिलोस् भनेर स्वयम्भूमा कार्यक्रम गरिएको जानकारी दिए । रासस

फाइल फोटो