
तनहुँ, जेठ ९ । तनहुँको भानु नगरपालिकास्थित सशस्त्र प्रहरी बलको मनकामना गणमा ग्रिनेड बिस्फोट हुँदा ८ जना सशस्त्र प्रहरी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो १२ बजे तालिमका क्रममा प्रदर्शन गरिएको ग्रिनेड बिस्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दारहरु दिपेश कुमार चौधरी, याम बहादुर थापा, शोभाकर रिजाल, प्रेम सिंह बोहोरा, प्रेम घर्ती, दिपक खड्का, धिरेन्द्र चन्द र हुमबहादुर राना रहेका छन् ।
घाइतेमध्ये दिपेश, याम र शोभाकरलाई अलि बढी चोट लागेकाले उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको र ६ जनाको गणभित्रै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्