
काठमाडौं, जेठ १० । चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई–तिब्बत रेल सञ्जाललाई भारतसम्म लैजान आफू व्यग्र रहेको जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई–तिब्बत रेल सञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने विषयमा छलफल भएको चिनियाँ विज्ञलाई उद्धृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ ।
‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेल सञ्जाल जोडिनुपर्छ,’ चीनको इन्स्टिच्यूट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ युनले भारतीय पत्रकारसँग बेइजिङमा भनेका छन् ।
उनले छिङ्हाई–तिब्बत रेललाई नेपाल–चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्