Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


हामी नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौं : भारतीय मन्त्री


0
Shares

काठमाडौं, जेठ १० । भारतका विद्युत मन्त्री पियुष गोयलले नेपालको सार्वभौमिकता र अखण्डतामा भारतबाट कहिल्यै खतरा नहुने बताएका छन् ।

नेपालको सार्वभौमिकताको सम्मान गर्ने जनाउँदै उनले भारतले समानतामा आधारित सम्बन्ध चाहेको प्रष्ट्याए ।

‘हामीलाई हाम्रो सार्वभौमिकता जति प्यारो छ, नेपालको सार्वभौमिकता पनि त्यति नै प्यारो छ,’ नेपालबाट आएका पत्रकारसँग आइतबार आफ्नै कार्यकक्षमा कुराकानी गर्दै भारतीय जनता पार्टीका प्रभावशाली नेतासमेत रहेका गोयलले भने, ‘हामी नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौं ।’

सम्बन्ध प्रगाढ बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने जनाउँदै उनले भारतीय सन्देश जनताको तहसम्म पुर्‍याउन आग्रह पनि गरे ।

मधेस केन्द्रीत दलको आन्दोलनपछि नेपाल–भारत कुटनीतिक सम्बन्धमा आएको तनाव अस्थायी रहेकोले दुई देशको सम्बन्धमा खासै असर नगर्ने मन्त्री गोयलले सुझाए । –नागरिक दैनिकबाट