ताप्लेजुङ, वैशाख २६ । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो ।
पुलिसमा ५ र आर्मीमा ७ जना राष्ट्रिय टिमका खेलाडी थिए ।
खेल ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माविको मैदानमा भएको हो ।
उपाधिसँगै पुलिसले नगद तीन लाख ५१ हजार ५०० रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको आर्मीले एक लाख ७६ हजार २५१ रुपैयाँमा चित्त बुझायो ।
जलजले युवा क्लबको आयोजनामा सन्चालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
यही वैशाख २२ गतेबाट सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।








प्रतिक्रिया दिनुहोस्