काठमाडौं, जेठ ११ । मंगलबार पनि शेयर बजारमा ‘बुलिस ट्रेन्ड’ कायमै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २० अंकले उकालो लागेर १५ सय ४४ को नयाँ उचाई कायम गर्न सफल भयो । कारोबारले पनि पुनः उचाईको नयाँ रेकर्ड कायम गर्यो ।
बीमा, विकास बैंक र वाणिज्य बैंकमा उच्च अंकको सुधार आएसँगै नेप्से पनि उल्लेख्यदरले उकालो लागेको हो ।
विकास बैंक समूह ४२ अंकले बढ्यो । बीमा समूहमा पनि ४१ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहमा २५ अंकको सुधार आयो ।
वित्त समूह ८ अंकले उकालो लाग्यो भने जलविद्युत् समूह नगन्य अंकले सकारात्मक रह्यो ।
उत्पादनमूलक, होटल र अन्य समूह भने ओरालो लागे । उत्पादनमूलक समूहमा ६५ अंकको गिरावट आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको ४० लाख कित्ता शेयर १ अर्ब ६६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्