
दमौली, वैशाख २५ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, नर्सरीबाट पेस्तोलसहित चार युवा बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कालिका मन्दिरनजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले निजको साथबाट एकथान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ ।
प्रहरीकाअनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्