
कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्रै रेफरल अस्पताल सेती अञ्चल अस्पतालमा पानीको हाहाकार भएको छ ।
विगत तीन दिनदेखि अस्पतालमा पानीको अभाव भएपछि विरामी समस्यामा परेका छन् । अस्पताल परिसरमा रहेको धारामा पानी आउन छाडेपछि दुर्गन्ध फैलिएको छ
कैलालीको धनगढीमा रहेको एक मात्र सरकारी अस्पताल सेती अस्पतालमा पानीकोे अभाव भएको छ ।
पानीको अभावसँगै विरामीहरु समस्यामा परेका छन् भने अस्पतालमा दुर्गन्ध समेत फैलन थालेको छ ।
पानीको अभावमा शौचालय गर्न समेत समस्या भएको विरामी तथा कुरुवाहरुले गुनासो गरेका छन् ।
सेती अञ्चल अस्पतालमा बिरामी र बिरामीका कुरुवाले शौचालय जान समेत बोतलको पानी किनेर जानुपर्ने अवस्था सिर्जना भएको छ ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ बोरिङको पानी सुकेपछि समस्या आएको बताउँछन् ।
उनले अस्पताल परिसरमा सानो बोरिङ गाड्ने तयारी भईरहेकाले केही दिनमै पानीको समस्या समाधान हुने बताउँछन् ।
सुदूरपश्चिम प्रदेशका झण्डै २८ लाख जनताको स्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा पानी अभाव हुँदा पनि अहिले सम्बन्धित निकायको रुपमा रहेको सामाजिक विकास मन्त्रालयले भने यसबारे खासै पहल गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्