Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


‘उत्तर कोरियाको धम्कीले डराउँदैनौं’


0
Shares

सोल, जेठ १४ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएकी छन् ।

उनले शुक्रबार भनिन्–‘यस्तो धम्कीले हामी कुनैपनि हालतमा डराउँदैनौं, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।’

आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाका कारण पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ ।

उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक–आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।

योनहाप समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले तर अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको बताइन् ।

दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि उनले बताइन् ।

उनले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौं राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रकारुपमा परिचित नै गराएको दाबी पनि गरिन् ।

शान्तिवार्ता एवं दुई देशबीचको समझ्दारीको एजेन्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनले बताइन् । रासस/एपी

फाइल फोटो